२०८१ चैत्र २४, सोमबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तत्कालिन माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ ।
विहान ११ बजे पछाडी सुरू भएको सचिवालय बैठकमा स्थायी कमिटीबाट पारित भएका एजेण्डाका विषयमा निर्णय लिने बताइएको छ । संघीय र प्रदेशका मन्त्रिपरिषद् पुनगर्ठन, सरकारका कामकारवाही, पार्टी एकताका बाँकी काम पुरा गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, आजको बैठकमा संवैधानिक निकायमा रिक्त रहेका पदपुर्तिका विषयमा पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्।
शुक्रबारका लागि तय भएको सचिवालय बैठक अन्तिम समयमा आइतबारका लागि सारिएका थियो। आइतबारको सचिवालय बैठक पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम गरेर बसिरहेको छ ।
गोजी सोलुसन द्वारा सञ्चालित
पूर्वेली खबरडट कम का लागि
काठमाडौं-२६, बागमती प्रदेश
ईमेल: [email protected]
सम्पर्क फोन- +९७७-९८४६६१७२२७
सूचना विभाग दर्ता नम्बर:
संचालक: केदार अधिकारी
डेस्क:
बिशेष संवाददाता:
बजार ब्यबस्थापक: